हैदरावादको सन्ध्या थियटरमा ‘पुष्पा २स् द रूल’ चलचित्रको प्रिमियर सोको क्रममा भागदौड मच्चिँदा ३५ वर्षकी महिलाको मृत्यु भएको घटनामा शुक्रबार पक्राउ परेका अल्लूलाई तेलांगना उच्च अदालतले जमानतमा रिहा गरेको हो।

त्यसअघि अल्लूलाई हैदरावादको अदालतले १४ दिनका लागि न्यायिक हिरासत पठाउन आदेश दिएको थियो। हैदरावादको आदेशविरूद्ध अल्लूका वकिलले उच्च अदालतमा निवेदन दिएका थिए। त्यसबारे शुक्रबार नै तेलांगना उच्च अदालतले अल्लूलाई न्यायिक हिरासत पठाउने आदेश उल्ट्याएर उनलाई जमानतमा रिहा गर्न आदेश दिएको हो।