अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २ स् द रुल’ले नेपाली बक्स अफिसमा उछाल कमाइ गरेको छ । प्रदर्शनको सात दिनसम्म फिल्मले देशव्यापी १५ करोड ९० लाख रुपैयाँ ग्रस कमाएको छ । नेपाली वितरकले अहिलेसम्मकै महंगो मूल्यमा फिल्मलाई नेपाल ल्याएका हुन् । झण्डै ७ करोड रुपैयाँमा खरिद गरिएको वितरण अधिकारको लगानी सुनिश्चित गर्न फिल्मले २२ करोड ग्रस कमाउनुपर्छ ।
सात दिनसम्मको हिसाबअनुसार वितरकले ५ करोड २० लाख हाराहारीमा सेयर पाउँछन् । ए–एट, डीसीएन र आरआरले मिलेर सुकुमार निर्देशित फिल्मलाई नेपाल ल्याएका हुन् ।




















