नेपाल पत्रकार महासंघ सुनसरीको भोलि हुने निर्वाचन को तयारी पूरा भएको छ ।निर्वाचन अधिकृत हर्ष सुब्बाले १२ जना निर्विरोध निर्वाचित भएको बताएका छन् ।
निर्विरोध निर्वाचित हुने नामवलीहरु:
सदस्य दलिततर्फ विनोद विश्वकर्मा, जिल्ला सदस्यमा मुस्लिमतर्फ नसीम अन्सारी, मधेसीतर्फ सुरेन्द्र मेहता, महिलातर्फ सीमा बस्नेत रहेका छन् । यस्तै प्रदेश परिषद् सदस्य समावेशीतर्फ धनकुमार राई, विकास चाम्लिङ राई,उपेन्द्र चाम्लिङ, विकी श्रेष्ठ, हिमाल राई रसोहन श्रेष्ठ रहेका छन् ।
यस्तै प्रदेश परिषद् सदस्य महिलातर्फ कानुन कार्की र केन्द्रीय परिषद् सदस्य शुभद्रा प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् ।




















