हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले तराईका केही भागमा हुस्सु कुहिरो लाग्ेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भुभागमा आंशिकदेखि सामान्य बदली रहेको तथा थोरै स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज तराईका सुनसरी, विराटनगर भैरहवा,सिमरा, जनकपुर, लगायतका स्थानमा बिहानदेखि हल्का ह्स्सु लागेको छ। बिहानको समयमा लागेको हुस्सु मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको र सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।




















