सहारा चितवन सहकारी संस्थाको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बुधबार पनि बयान लिइँदैछ। जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबारदेखि सुरू बयान सुरू भएको थियो। मंगलबार बयान नसक्किएपछि बुधबार पनि उनीसँग बयान लिइन लागिएको हो।

लामिछानेलाई मंगलबार बिहान बुद्ध एयरको जहाजमार्फत् चितवन लगिएको थियो। सभापति लामिछानेलाई गत मंसिर १३ गते काठमाडौं ल्याइएको थियो। कालिमाटीमा कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी समेतको बचत अपचलनको अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याएर बयान लिइएको थियो।

सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनको अभियोगमा सभापति लामिछानेविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको थियो। त्यही अनुसन्धानका लागि उनलाई चितवन लगिएको हो।