देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ।

यस्तै, राती कोशी  प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

उता, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको अनुमान गरिएको छ । हिमपातको सम्भावना रहेका कारण पर्यटन तथा पर्वतारोहणमा पर्न सक्ने क्षणिक वा आंशिक असरलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउनु अनुरोध गरिएको छ ।