प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार चीन भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिने भएको छ । प्रधानमन्त्री ओली आज बिहान ११ बजे निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको जहाज लिएर चीनको औपचारिक भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री चढेको जहाज उड्नुअघि २५ मिनेट र उडिसकेपछि ५ मिनेट गरी आधा घण्टा त्रिभुवन विमानस्थलमा अन्य जहाजका उडान(अवतरण नहुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

‘राष्ट्र प्रमुख वा सरकार प्रमुखको औपचारिक विदेश भ्रमणको उडान हुने बेला सुरक्षाका दृष्टिकोणले विमानस्थलमा अन्य उडान वा अवतरण गर्न नदिइने अन्तर्राष्ट्रिय अभ्यास हो’ ’नोटाम अनुसार अहिले बिहान १०:३५ बजेबाट ११स:०५ बजेसम्म अरू वायुसेवा कुनैको पनि उडान(अवतरण हुँदैन । प्रधानमन्त्री ओलीको जहाज ११ बजे उडेको ५ मिनेटपछि मात्र अन्य वायुसेवाको नियमित उडान हुनेछ ।