बालाचतुर्दशी शतबीज छर्ने दिन दिवंगतहरूको लागि बलिदान र अनुष्ठान गर्दा पुण्य प्राप्त हुन्छ । पितृहरूप्रति भक्ति गरेमा यसले मुक्ति र परम शान्ति प्रदान गर्दछ ।
मार्गशीर्ष कृष्णपक्षमा पर्ने चतुर्दशी तिथि बालाचतुर्दशीका नामले समाजमा परिचित छ । यो दिनमा हिन्दु धर्मावलम्बीहरूले आफ्ना दिवङ्गत पितृकोे सम्झना गर्दै उनीहरूको मुक्तिको चाहनामा पवित्र तीर्थस्थल विशेषगरी शिवको मन्दिरमा बत्ती बालेर शतबीज छर्ने परम्परा रहिआएको छ ।
यो पर्वले वैदिक सनातन हिन्दु धर्मभित्र छुट्टै र विशिष्ट स्थान प्राप्त गरेको पाइन्छ । मार्गशीर्ष ९मंसीर० कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका आफन्तजनले दीपदान गर्ने, रात्रिमा जाग्राम बस्ने र चतुर्दशीका दिन शतबीज छरेर पितृको सद्गतिको कामना गर्दै यो पर्व समाप्त हुन्छ ।
बालाचतुर्दशीका दिन दिवंगत आत्माहरूको लागि दीपदान र अनुष्ठान गर्दा पितृको मोक्षगति प्राप्ति र आफूलाई परम शान्ति हुन्छ भन्ने धार्मिक मान्यता छ । बालाचतुर्दशीको अघिल्लो दिन पितृको नाममा दीप प्रज्वलन गरी रातभर जाग्राम बसेर बिहान शतबीज छर्ने चलन छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले आफ्ना दिवंगत पुर्खाहरूको मुक्तिको लागि शतबीज छर्ने गर्दछन् ।तस्बिरः नेपाल फोटो लाइब्रेरी।




















