जाडो महिनामा चिसो हावाको कारणले गर्दा छाला सुख्खा, रुखो र फाट्ने समस्या सामान्य देखिन्छ। यस्तो समयमा छालाको विशेष हेरचाह गर्न जरुरी हुन्छ। यहाँ जाडो महिनामा छालाको हेरचाहका लागि केही उपयोगी सुझावहरू प्रस्तुत गरिएका छन् 

१,मॉइस्चराइजरको प्रयोग

जाडो महिनामा छाला सुख्खा हुने भएकाले नियमित रूपमा राम्रो गुणस्तरको मॉइस्चराइजर प्रयोग गर्नुपर्छ। नुहाएपछि र सुत्नु अघि विशेष गरी छालामा मॉइस्चराइजर लगाउनु महत्त्वपूर्ण छ।

 २,तातो पानीको सट्टा मनतातो पानी प्रयोग

अत्यधिक तातो पानीले छालाको प्राकृतिक तेल हटाउँछ, जसले गर्दा छाला अझ सुख्खा हुन्छ। त्यसैले नुहाउँदा र अनुहार धोउँदा मनतातो पानीको प्रयोग गर्नु उपयुक्त हुन्छ।

३,सनस्क्रिन प्रयोग गर्नुहोस्

जाडोमा घामको ताप कम भए पनि यूवी किरणले छालामा हानि पुर्‍याउन सक्छ। त्यसैले घरबाट बाहिर निस्कँदा सनस्क्रिन लगाउन कहिल्यै नबिर्सनुहोस्।

४, पानी पर्याप्त पिउनुहोस्

जाडोमा कम पानी पिउनाले छाला डिहाइड्रेट हुन सक्छ। छालालाई भित्रबाट चिल्लो र स्वस्थ राख्न दिनभरि पर्याप्त पानी पिउनु महत्त्वपूर्ण छ।

५, प्राकृतिक तेलको प्रयोग

नरिवल तेल, बदाम तेल, वा एलोभेराजस्ता प्राकृतिक उत्पादनहरू छालाको हेरचाहमा निकै उपयोगी हुन्छन्। यी तेलहरूले छालामा गहिरो पोषण दिन्छन्।

६, स्वस्थ आहारको सेवन

छालालाई स्वस्थ राख्न भिटामिन ए, सी, र ई, ओमेगा(३ फ्याटी एसिड, र एन्टिअक्सिडेन्टले भरिपूर्ण खानेकुरा खानुहोस्।

७,हावाबाट बच्नुहोस्

जाडो हावाले छालालाई अझ सुख्खा बनाउँछ। त्यसैले बाहिर निस्कँदा मफलर वा स्कार्फले छालालाई छोपेर राख्नुहोस्।

नियमित हेरचाह र गर्दा जाडो महिनामा पनि छाला नरम, चिल्लो र स्वस्थ राख्न सकिन्छ।