मलेसियामा आगामी २९ नोभेम्बरबाट सुरु हुने एसिसी यू(१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । क्यानले मंगलबार र एक कार्यक्रमबीच नेपाली यू(१९ टोलीको विदाइ गरेको हो । राखेपका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतको उपस्थितिमा टोलीको बिदाइ गरिएको हो ।
कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले भने, ‘छोटो समयको तयारीका बाबजुद विश्वकपमा छनोट हुनका लागि यो सुरुवातजस्तो भएको छ, एसिया कप खेल्नु पनि एउटा गौरवको क्षण हो । यू(१९ क्रिकेट पनि हाम्रो प्राथमिकतामा छ, युवा टोलीको भविष्य पनि नेपालको भविष्यसँग जोडिएको छ।’ पारसले दबाव नलिईकन क्षमता अनुसारको प्रदर्शन गर्न शुभकामना दिए । यू(१९ का खेलाडीहरू राष्ट्रिय टिमसम्मै खेल्न सफल भएका छन्।
त्यसैगरी यू(१८ का नवनियुक्त प्रशिक्षक शक्ति गौचनले टोली एसिया कपका लागि तयार भएको बताल । ‘कर्नाटकसँगको खेलले पनि फाइदा पुगेको छ, त्यसका लागि क्यानलाई धन्यवाद पनि दिन्छौं। छोटो समयमा राम्रो तयारी गरेका छौं, कर्नाटकसँगको सिरिजले टिम छनोट गर्न पनि सजिलो बनायो, हामी हाम्रो बेस्ट खेल खेल्ने छौं।




















