सरकारले अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यबारे अध्ययन गर्न समिति गठन गरेको छ ।  अन्तर्राष्ट्रिय हवाई टिकटमा महँगो मूल्य तिर्नुपरेको गुनासो बढेपछि सरकारले सोमबार अध्ययन कार्यदल बनाएको हो । 

मन्त्रीस्तरीय निर्णयबाट बनेको समितिको संयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव इन्दु घिमिरे तोकिएकी छन् ।  २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम सुरु भएपछि वायुसेवा कम्पनीले हवाई भाडा अस्वाभाविक रूपमा बढाएका छन् । 

ठगिएको आशंका भएमा टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, भौचर लगायत अन्य प्रमाणसहित उजुरी गर्न पनि सरकारले आग्रह गरेको छ ।