जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहँदा तराईका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको महाशाखाको भनाइ छ ।
यस्तै कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।




















