१० असोजदेखि काठमाडौं महानगरपालिकाले सुरु गरेको पर्वलक्षित अनुगमनमा ४ सय ९७ मध्ये २० वटा ९४.०२ प्रतिशत मात्र राम्रा भेटिएको पाइएको छ ।

महानगरले सार्वजनिक गरेको अनुगमन प्रतिवेदन अनुसार १ सय ३३ ९२६.७६ प्रतिशत० मा म्याद सकिएका वस्तु भेटिएको छ । अनुगमन गरिएकामध्ये ३ सय ११ अर्थात् ६२.५७ प्रतिशतमा मूल्यसूची थिएन । यस्तै २ सय अर्थात ४०।२४ प्रतिशत व्यवसाय नै दर्ता नगराइ पसल सञ्चालन भएको पाइएको छ । यसरी अनुगमन गरिएका पसलमध्ये ४ सय ३८ किराना, १८ मिठाइ, १९ ड्राइ फुड, ७ मसला र १५  डेरी पसल थिए ।

अनुगमन प्रतिवेदन अनुसार २९ कात्तिकदेखि नियमित चलिरहेको मःम पसल, होटल तथा रेस्टुरेन्ट अनुगमन क्रममा ५२ व्यवसायको जाँच गरिएको छ । यस क्रममा ४५ वटा ९८६.५८ प्रतिशत० मा व्यक्तिगत सरसफाइ कमी देखिएको थियो । ४० वटा ९७६.९२ प्रतिशत० को भान्सा र कार्यस्थल सरसफाइमा कमी देखियो । १३ वटा ९२५ प्रतिशत व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेको पाइयो ।