पछिल्ला केही महिनादेखि एप्पलले आगामी वर्ष लञ्च गर्ने विभिन्न प्रडक्ट बारेका विभिन्न खुलासाहरु समाचारका शीर्षक बन्दै आएका छन् । आगामी वर्ष सन् २०२५ मा एप्पलले सार्वजनिक गर्ने आइफोन एसईको नयाँ संस्करणसँगै आइफोन १७ सिरिज तथा नयाँ म्याकबुक एयरका बारेमा पनि विभिन्न अनुमान तथा समाचार आइनै रहेका छन् । यी सबैको बीचमा एप्पलले सन् २०२५ मा लञ्च गर्ने आइफोन एसईको नयाँ संस्करण सबैभन्दा प्रतिक्षित प्रडक्टको रुपमा रहनेछ । किनकि एप्पलले ३ वर्षपछि आइफोन एसई सिरिजको नयाँ फोन सार्वजनिक गर्दैछ ।

एप्पलले आगामी वर्ष आइफोन एसई ४ को अपग्रेडेड भर्सन सार्वजनिक गर्ने बताइएको छ । समाचार अनुसार यो सस्तो आइफोनको नयाँ संस्करण सन् २०२५ को मार्च सम्ममा सार्वजनिक हुनेछ ।