झापाको मेचीनगर नगरपालिका–१० निन्दा खोला नजिकैको घारीमा एक नवजात शिशु फेला परेका छन्। जिवितै अवस्थामा नजवात शिशु छोरी फेला परेपछि उद्दार गरेर इलाका प्रहरी कार्यालय धुलाबारीमा बुझाइएको छ ।

कमिलाले टोक्दै गरेको अवस्थामा रगत समेत आइरहेको उक्त शिशु कसको हो भन्ने पहिचान भइनसकेको झापाका डीएसपी कृष्ण चन्दले बताए । अहिले शिशुको अवस्थामा सामान्य रहेकाले कसको शिशु, कसले त्यहाँ राख्यो भन्नेबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।