परराष्ट्र मन्त्री राणा नोभेम्बर अन्तिम साता चीन जाने तयारीमा रहे पनि मिति भने तय भइनसकेको परराष्ट्र मन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए।  गत सोमबार नेपालका लागि चिनियाँ राजदूत छन सोङ परराष्ट्र मन्त्री राणालाई भेट्न परराष्ट्र मन्त्रालय पुगेका थिए।

चीनले प्रधानमन्त्री ओलीलाई यसअघि नै औपचारिक भ्रमणको निम्तो दिइसकेको छ। प्रधानमन्त्री ओलीको भ्रमण आउँदो मंसिर १७ देखि २१ गतेसम्म तय भएको छ। चीनबाट भ्रमणको औपचारिक निम्तो आएपछि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री राणालाई भ्रमणको तयारी गर्न भनेका थिए।