साउथ सुपरस्टारु थलापति विजय राजनीतिमा प्रवेश गरेका छन् । उनले अरु कसैको दलमा नगई आफैंले नयाँ पार्टी घोषणा गरेका हुन् । त्यति मात्र होइन, विजयको दल ुतमिलगा वेत्री कझगमु९टीभीके० ले आइतबार तमिलनाडुको विल्लुपुरम जिल्लाको विक्रवन्डीमा ुविशालु आमसभासमेत आयोजना गरेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार आमसभामा विजयको भाषण सुन्न हजारौं पुगेका थिए ।
भाषणका क्रममा उनले राज्य र केन्द्र सरकारमा रहेका दलहरूविरुद्ध निसानासमेत साधेँ । तमिलनाडु सरकारमा रहेको डीएमके र केन्द्र सरकारमा रहेको भाजपाले विभाजनको राजनीति गरिरहेको उनले बताए । सत्ताधारी डीएमकेप्रति लक्षित गर्दै उनले भने, ुउनीहरू अन्डरग्राउन्ड डिल गर्छन् । अल्पसंख्यकहरूलाई धोका दिनका लागि फासिवादको आरोप लगाउँछन् । द्रविड मोडलका नाममा तपाईंहरूलाई धोका दिइरहेका छन् ।
त्यस्तै भाजपाप्रति इंगित गर्दै विजयले भने, ुघृणाको राजनीति गर्नेहरू हाम्रा सत्रु हुन् । विभाजनकारी राजनीति र घृणा हाम्रा सत्रु हुन् ।।।। म राजनीतिक शिष्टाचार र राजनीतिक शालीनलता कायम राख्नेछु । यो भिड पैसाका लागि होइन, एउटा उद्देश्यकका लागि हो ।ु उनले आफू राजनीतिमा जगेडका रूपमा नआएको समेत बताए । तमिलनाडुको प्रमुख शक्ति बन्ने प्रणसमेत उनले गरेका छन् । ुपहिला मलाई लाग्थ्यो राजनीति किन गर्नुपर्यो र रु तर के आफ्नै बारेमा सोच्नु स्वार्थ हैन र रु,ु उनले भाषणका क्रममा भने । उनले सन् २०२६ मा हुने तमिलनाडु विधानसभा चुनावमा राज्यका २३४ सिटमै आफ्नो दलले उम्मेदवार उठाउनेसमेत बताए ।
विजयले यसै वर्षको फेब्रुअरीमा तमिलनाडु र पुडुचेरीमा काम गर्नका लागि राजनीतिक दल स्थापना गरेका थिए । भारतीय निर्वाचन आयोगले भने टीभीकेलाई गत सेप्टेम्बरमा आधिकारिक रूपमा दलको मान्यता दिएको थियो । दलको मान्यता पाएपछि विजयले आइतबार जनसभा आयोजना गरेका हुन् । विजयले आफ्नो दलको विचारधारा धर्मनिरपेक्ष र सामाजिक न्यायमा आधारित भएको समेत बताएका छन् ।




















