नेपाली काँग्रेस इटहरीका अगुवा नेता तथा कार्यकर्ता सँग कोशी प्रदेशका उधोग कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङ्गाम सँग भेटघाट तथा छलफल गरेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगानाको प्रमुख आतिथ्यमा भएको छलफलमा नेता तथा कार्यकर्ताले बिशेष गरि कृषिका समस्या र समाधानका बिषयमा बिचार बिमर्श गरेका थिए । पछिल्लो समय कृषि क्षेत्रमा देखिएको निराशा र राज्यले यस क्षेत्रमा गरेको उपेक्षाको कारण किसानहरु पलायनहुने र पेसा परिवर्तन गर्न बाध्यहुने समस्या भएकोले अब किसानका पक्षमा निर्णय गरिदिन उपस्थित नेता तथा कार्यकर्ताले अनुरोध गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल किसान संघका केन्द्रिय सदस्य केशव भट्टराईले अब किसानले प्रत्यक्ष अनुभुती हुने काम गरिदिनुहुन मन्त्री खगेनसिंह हाङ्गाम लाई अनुरोध गरेका छन् । भट्टराईले किसानका समस्या आफ्नै समस्याको रुपमा लिई यसका समाधानमा लागे यो कोशी प्रदेश उर्भर प्रदेशहो,यो प्रदेश कृषि क्षेत्रबाटनै अन्य प्रदेश भन्दा अब्बलहुने भन्दै किसानका पक्षमा काम गर्न अनुरोध गरेका थिए ।

यता अन्य उपस्थित नेता तथा कार्यकर्ताले आधुनिकिकरण बाट किसान लाई कृषि पेसामा लाग्न उत्प्रेरित गर्ने खालका कार्यक्रम ल्याउन सुझाव दिएका थिए । मन्त्री हाङ्गामले अब पहुच र पावरको आधारमा अनुदान कसैले नपाउने जिकिर गरेका छन् । अब बास्तबिक किसाननै प्रदेश सरकारका कार्यक्रम बाट लाभान्वित हुनेमा प्रस्टहुन अनुरोध गरेका छन् ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि बिकाश केशी , प्रदेश सभा सदस्य तथा किसान संघ कोशी प्रदेशका सचिव भविन खड्का , नेपाली काँग्रेस सुनसरी २ क का सभापति सुवेक्क्षु देवान राई,नेपाली काँग्रेस सुनसरी जिल्ला सदस्य रोसन तामाङ्ग, इटहरी नगर समितिका उपसभापति बालकृष्ण बिष्ट,विभिन्न वडाका वडा अध्यक्षहरु , नेविसंघ सभापति प्रमोद भट्टराई , शिक्षक संघ सुनसरी सचिव रोमनराज कार्की लगायतको उपस्थितिमा छलफल भएको थियो ।





















