इटहरी । नेपाल तरुण दलको ७२ औं स्थापना दिवसको अवसरमा तरुण दल इटहरी नगर कमिटीले दिप प्रज्वलन गरेको छ । दिप प्रज्वलनमा बोल्दै  कार्यक्रमका प्रमुख अतिथि महादिबेसन प्रतिनिधि बिकाश केसीले पछिल्लो समय अराजनीतिक ब्यक्तिहरुको कारण देशमा पुन अराजकता बढेकाले तरुणदलले पुन देश र पार्टीको लागि काम गर्नु पर्ने दिन आएको बताएका छन् । 

2
केसीले जनताको निराशा र आक्रोस लाई क्यास गर्दै ठगी धन्दा गर्न नयाँ दल नयाँ बिकल्पको रुपमा स्थापित हुन खोजेको प्रस्टाएका छन् । उनले अब यस्ता अराजक र भ्रष्ट सोच बाट स्थापितहुन खोज्नेहरु लाई तरुण दलले एकजुट भएर ठेगान लगाउनु दिन आएको जिकिर गरेका छन् । 
कार्यक्रममा नगरभरीका तरुणहरुको उपस्थिति रहेको थियो । इटहरीको विपी चौकमा दिप प्रज्वलन कार्यक्रम गरीएको थियो । तरुण दल इटहरी सभापति बिश्नु खत्रीले स्थापना दिवसको अवसरमा प्रत्येक बर्ष दिप प्रज्वलन गर्दै आएको बताएका छन् ।
3