आज दिउँसो ३ बजे सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । साथै मन्त्रीहरूको काम कारबाहीको समीक्षा पनि बैठकमा हुने बताइएको छ ।
विपक्षी दलहरूले घोषणा गरेको आन्दोलन, सुरक्षा र तिहार लक्षित सरकारको योजनाबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।




















