फिल्म हलमा एमआरपीभन्दा बढी मूल्यमा पानी र खानेकुरा बिक्री गर्न नपाइने भएको छ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै शिलबन्दी गरिएका खाद्य तथा पेय पदार्थको प्याकेट वा बोतल उपलब्ध गराउँदा एमआरपीमा तोकिएकै मूल्यमा बिक्री गर्न अनुरोध गरेको हो।

बढी मूल्य लिएको पाइएमा प्रचलित कानुन अनुसार कारवाही हुने चेतावनी विभागले दिएको छ।