सल्यानको बुरेलीखोलामा नजिक फोर्स गाडी दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । बाँकेको नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको लु २ ख ५००२ नम्बर को फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा आज विहान ४ बजे तिर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रेसम खत्रीका अनुसार २० यात्रु सवार गाडीमा १६ जना घाइते भएका छन् ।

घाइते मध्य चारको अवस्था गम्भीर र १२ जनाको सामान्य रहेको छ । दुर्घटनामा गम्भीर घाइते पश्चिम रुकुम चौरजहारी नगरपालिका १ पश्चिम रुकुमका वर्ष ३३ का त्रिलोचन गिरी, कुमाख गाउँपालिका ३ सल्यानका ३२ वर्षका गिता वुढालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

अन्य सबै घाइतेहरुको उद्दार गरेर उपचारका लागि चौरजहारी अस्पताल पु¥याईएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ब्रेक फेल भएकाले गाडी दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।