बाढी,पहिरो ले गर्दा उपत्यका बहिरिन र भित्रन निकै कठिन र जोखिमपूर्ण भएको छ। केही दिन अघि आएको आएको बाढीले सडक बगाउँदा यात्रा गर्न निकै कठिन भएको हो । कतिपय ठाउमा बाढीले सडक सँगै पुल पनि बगाएकाले यातायात पूर्ण रूपमा संचालन हुन सकिरहेका छैनन् । 

६ देखि ७ घण्टाको यात्रामा काठमाडौंबाट इटहरी आइपुगिनथ्यो अहिले  २४ घण्टाभन्दा बढी समय लागग्न थालेको छ।

देशका विभिन्न भेगमा लगातारको भारी वर्षाका कारण पहिरो खस्दा राजमार्गहरु अवरुद्ध भएका छन्, जसले गर्दा यात्रुहरुले असहज यात्रा गर्नुपरेको छ। विशेष गरी, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, र बिपी कोइराला राजमार्गका विभिन्न खण्डमा पहिरो खसेको छ, जसले गर्दा  गाडीहरु लामो जाममा परेका छन्, र यात्रुहरु सडकमै फस्न बाध्य भएका छन्।

सरकार र स्थानीय निकायहरुले पहिरो पन्छाउन र सडक मर्मत गर्न प्रयास गरिरहेका छन्, तर निरन्तरको वर्षा र जोखिमपूर्ण भूभागले गर्दा काममा ढिलाइ भइरहेको छ। यसले गर्दा यात्रुहरुले आफ्नो गन्तव्यमा पुग्न सामान्यतया लाग्ने समयभन्दा धेरै बढी समय खर्चिनुपरेको छ।