देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
बिहीबार बिहान ४ बजेको मापन अनुसार पछिल्लो ३ घण्टामा सुनसरी को इटहरी आसपास,झापाको अनरमनी बिरता, शनिश्चरे र बाहुनडाँगीमा सामान्यदेखि मध्यम वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै इलामको कन्याम टी(स्टेट र बरफल्याङ, पाँचथरको फिदिम, मोरङकोमा सामान्यदेखि मध्यम वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाई छ ।
उक्त क्षेत्रहरू भई बहने सुनसरी खोला,बुढी खोला, कन्काइ नदी, हेवा खोला, पूवा खोला, माई खोला, अदुवा खोला, बाहुने खोला लगायत अन्य स(साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना रहेको छ । नदी तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।




















