बाढिपहिरोमा परेर काभ्रेमा ६२ जनाले ज्यान गुमाएका छन्। भने ४ जना अझै हराइरहेका छन्। 

बिहीबार रातिदेखि शनिबार साँझसम्म परेको वर्षाले बाढीपहिरोमा परेर काभ्रेमा मात्रै ६२ जानले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा २८ महिला, ११ पुरूष, १० बालक र ५ बालिका रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

काभ्रेका १० वटा स्थानीय तहमा बाढी पहिरोको असर परेको छ । बेपत्ता भएकाहरूलाई प्रहरी, सशस्त्र,सेना र स्थानीयलेसमेत खोजिरहेको प्रहरीले बताएको छ।