सप्तकोशी नदीसहित प्रदेशका बहुसंख्यक नदीहरुले खतराको तह पार गरेपछि प्रदेश सरकारले प्रदेशबासीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
बाढीपहिरोका कारण शनिबार बिहानसम्ममा कोशीमा पाँच जनाको मृत्यु भइसकेको छ भने कम्तीमा आठ जना बेपत्ता छन्। कोशी नदीले खतराको तह पार गरेपछि मुख्यमन्त्री हिक्मत कार्कीसहित सुरक्षा अंगका प्रदेशस्थित प्रमुखहरु कोशी बराजतिर लागेका छन्। त्यसक्रममा मुख्यमन्त्री कार्कीले मानवीय क्षतिप्रति दुःख प्रकट गर्दै उद्धार राहतमा जुट्न निर्देशन दिएका हुन्।




















