त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वर्षाका कारण हुने आन्तरिक उडान बन्द गरेको छ । वर्षा नरोकिएको र वैकल्पिक विमानस्थल नहुँदा आन्तरिकतर्फ उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले बताए ।
काठमाडौँ बाहिर नागरिक उड्डयन कार्यालयका सबै स्टेसन बन्द छन् ।




















