सुन्दरहरैचा नगरपालीकाको सुन्दरपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई निर्वाचन लागेको छ । असोज १५ गते हुने निर्वाचनमा करिव १३ सय उपभोक्ताले मतदान गर्न पाउने छन् । दुई ठुला राजनीतिक दलहरु आफ्नो आफ्नो प्यानल बनाएर चुनावमा होमीएका छन् । चुनावमा खासगरी काँग्रेस र एमाले उम्मेदवारहरुबिच भिडन्त हुने देखिन्छ । एमाले आफ्नो बर्चश्व कायम राख्न खोज्दै छ भने काँग्रेस काम गर्ने टिम अघि सारेर स्थापीतहुन खोज्दै छ । यो चुनावको नतिजाले सुन्दरहरैचामा कुन पार्टीको पकड दह्रो छ भन्ने पनि देखाउने छ ।
सुन्दरपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चुनाव प्रकृति केही फरक हुने सम्भावना छ । एमालेले दिएको उमेदवार भन्दा काँग्रेसका उमेदवार उपभोक्ताले रुचाएका छन् । एमालेले समर्थन गरेको अरुण सुवेदी सहित उनका प्यानलनै बिभिन्न संघ संस्थाका पदमा रहेका छन् । उपभोक्ताले खाने पनी जस्तो अती सम्बेदनसिल संस्थामा एमाले जस्तो पार्टीले राजनीतिक धढास वा कार्यकर्ता रुझाउन बनाएको उमेदवारले बिश्वास नरहेको बताउछन् । सुन्दरपुरका उपभोक्ताले एउटै ब्यक्ती स्कुल ब्यबस्थापनको समितिमा पनि बिभिन्न सहकारीमा, टोलबिकाशमा, पार्टिको मेजर पदमा बस्ने अनी खानेपनीमा पनि पद नै चाही हाल्ने रु प्रश्न गरेका छन् ।
यता काँग्रेसले लामो समय सामाजीक काम गरेका राजेन्द्र राई (राजु) लाई अघी सारी चुनावी मैदानमा होमीदै छ । समाबेशी उमेदवार सहीत चुनावमा होमीएका राई लाई मत माग्ने क्रममा स्थानीय उपभोक्ताले स्वागत गरेका छन् ।




















