बुधवार रातिबाट सुरु भएको भारी वर्षाका कारण इटहरीका केहि ठाउ डुबानमा पर्नसक्ने देखिएको छ ।पछिल्लो ७ घण्टा इटहरीमा लगातार भारी वर्षा भएको ,अझ धेरै पानी पर्ने सम्भावना रहेको जल तथा मौसमविज्ञान विभागले जनाएको छ । भारी वर्षाले गर्दा बाढीको जोखिम बढेको छ।
खोलानालामा पानीको सतह बढेर बाढीको सम्भावना सिर्जना हुने देखिएको छ । । इटहरीको भूभागमा धेरैजसो क्षेत्र समथर भएकाले पानीको निकास राम्रोसँग नभएर डुबानको समस्या उत्पन्न हुन्छ सक्छ । । बर्खाको समयमा अत्यधिक वर्षा हुँदा इटहरीका विभिन्न बस्तीहरू, विशेष गरी होचा ठाउँमा रहेका क्षेत्रहरू, डुबानमा पर्ने खतरा रहन्छ। होचो भू भागमा डुवानको जोखिम रहेकोले सतर्कता अपनाउन जल तथा मौ वि वि ले जनाएको छ । सुनसरीको सेउती, सर्दु, सुनसरी खोलामा आकस्मिक बाढी आउनसक्ने विभागले जनाएको छ ।




















