इन्द्रजात्रामा सहभागी हुन हनुमानढोका पुगेका बालेन समर्थकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०को फोटो अंकित टि(सर्ट लगाएर हनुमानढोका पुगेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता विनोद घिमिरेका अनुसार दुई पक्षबीच झडप हुने अवस्था देखिएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

इन्द्रजात्रामा सहभागी हुन स्थानीय युवाहरू कुमारीको तस्बिर अंकित टिसर्ट लगाएका रहेछन्। बालेनको तस्बिर अंकित टिसर्ट लगाएर उनीहरू पुगेपछि स्थानीयले कुटपिटसमेत गरेको पाइयो। भीआइपी सहभागी हुने कार्यक्रममा धरपकड हुने अवस्था नआ‌‌ओस् भनेर उनीहरूलाई त्यहाँबाट ल्याएका हौं, प्रवक्ता घिमिरेले भने। उनीहरूलाई जनसेवा वृत्त परिसरमा राखिएको घिमिरेले बताए।