राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको भेला  बुधबारसम्म चल्नेछ । 

भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान,  विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए । 

भेलामा सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभागका प्रमुख बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् ।

भेलाले प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ । भेलामा सहभागी हुन  देशभरबाट १५०० बढी प्रतिनिधि काठमाडौँ आएको पार्टीले जनाएको छ ।