विश्वकर्मा पूजा सर्वसाधारणले आफ्ना बहान तथा मेसिनरी पुजा गर्दै आफ्नो कार्यक्षेत्रमा सफलताको  कामना गरेका छन् । सवारी साधनहरू आदिलाई सफा गरी तिनमा विशेष पूजा अर्चना गरिएको छ।  

आफ्नो गाडीको पूजा गरेर सुरक्षित यात्रा र दुर्घटनाबाट बच्ने विश्वास राख्छन्। यस अवसरमा अफिस, कारखाना, तथा अन्य कार्यस्थलहरूमा पनि विश्वकर्मा पूजा आयोजना गरी प्रसाद वितरण गर्ने चलन छ। त्यसै गरि घरमा प्रयोग हुने कुटो, कोदालो ,खुकुरी, चुलेसी को पनि पुजा अर्चना गरीएको छ । 

विश्वकर्मा पूजाले सबैलाई आफ्नो कामप्रति सम्मान र मेहनतको महत्त्व सम्झाइदिन्छ।यसो गर्दा भगवान विश्वकर्माको कृपा पाउने र आफ्नो काम सुचारु हुने विश्वास गरिन्छ।