मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसापस अवस्थित छ। देशभर मनसुनी वायुको प्रभावका अतिरिक्त पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले बिहान कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ। बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही तराईका भू–भाग सामान्यतया सफा रहेका छन्।

आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू–भागको थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  कोशी प्रदेशको केही, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा  मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।