कोशी प्रदेशमा मन्त्रीमण्डल बिस्तार भएको छ । काँग्रेसमा आन्तरिक सहमति जुटे पछि मन्त्रीहुनेको नाम सार्वजनिक गरेको थियो । लामो समय पश्चात् जुटेको सहमतिमा सुनसरी बाट पनि मन्त्री भएका छन् ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को १  बाट निर्वाचित भएका सदानन्द मण्डलले पर्यटन, वन तथा बाताबरण मन्त्रालय पाएका छन् ।

प्रदेश मन्त्रालयमा काँग्रेस बाट सुनसरीका मण्डल पहिला मन्त्रीहुन् । उनी सुनसरी ४ का संघिय सांसद ज्ञानेन्द्र कार्कीका निकटतम मानिन्छन् ।  उनी एमाले गठबन्धन दल जनता समाजवादी पार्टीका पर्शुराम बस्नेतलाई ३ हजार १६८ मतान्तरले पछि पार्दै विजयी भएका थिए ।