पछिल्लो समय हिमालपारिको सडक समृद्ध बन्दै छ । उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर ९बेनी जोमसोम(कोरला  सडक अन्तर्गत जोमसोम-कागबेनी कालोपत्रे सडक अन्तिम चरणमा पुगेको छ । २०७८ साल असोज ४ गते रौटाहा आत्रेय सारस जेबीसँग २८ करोड १४ लाख लागतमा ठेक्का सम्झौता भएको ९जोमसोम-कागबेनी० कालोपत्रे सडक निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले उल्लेख गरेको छ ।