दार्चुला जिल्लाको महाकालीका नगरपालिका–७ धापमा रहेको मालिकार्जुन नमुना माध्यमिक विद्यालयमा आज बिहानै तालाबन्दी गरिएको छ । विद्यालयमा अंग्रेजी विषयको शिक्षकको माग गर्दै कक्षा ११ र १२ का विद्यार्थीहरूले विद्यालयको मुल गेटमा तालाबन्दी गरेको विद्यालय स्रोतले जानकारी दिएको छ ।
विद्यालयको मुलगेटमा तालाबन्दी भएपछि अन्य कक्षामा अध्ययन गर्ने विद्यार्थी र अध्यापन गराउने शिक्षकहरू समेत भित्र पस्न सकेका छैनन् । विद्यालयमा तालाबन्दी गरी शिक्षकको माग गर्दै विद्यार्थीहरू सडकमा उत्रिएका छन् ।




















