दसैंका लागि असोज १३ गतेदेखि नोट साट्न पाइने भएको छ।  नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म नोट साट्न सकिने जानकारी गराएको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट साट्न सकिनेछ। 

राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट नोट सटहीको सुविधा लिन सकिने बैंकले जनाएको छ। साथै इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत नोट सटही गर्न सकिनेछ। हरेक वर्ष दसैंका लागि नयाँ नोट बाँड्दै आएको राष्ट्र बैंकले यसपटक सुकिला नोट मात्र दिने भएको छ।