पूर्व मिस नेपाल उषा खड्गी पनि फिल्म अभिनयमा देखिने भएकी छन् । अभिनेता राजेश हमालको कम ब्याक फिल्म ‘नरसिंहा अवतार’ बाट उनी अभिनेत्रीको रूपमा डेब्यु गर्न लागेकी हुन् ।

निर्देशक तथा लेखक दीवाकर भट्टराईले फिल्मको महत्त्वपूर्ण भूमिकामा उषालाई अनुबन्ध गरेको जानकारी दिए । उनको जोडी को भने उनले अहिले खुलाउन चाहेनन् । फिल्मलाई लिएर उषा भने निकै उत्साहित देखिएकी छन् ।

मिस नेपाल बनेको २४ वर्षपछि उनी फिल्ममा डेब्यु गर्न लागेकी हुन् । केही म्युजिक भिडियो र सर्ट फिल्ममा अभिनय गरिसकेकी उनले थुप्रै विज्ञापनमा पनि अभिनय गरेकी छन् ।