राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार सहकारी पीडितले कालोझण्डा देखाए । रास्वपाको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न उनी आउने जानकारी भएपछि बिहानैदेखि सूर्यदर्शन सहकारी पीडित कार्यक्रमस्थल बाहिर पम्लेट लिएर पुगेका थिए । उनीहरुले रवि कार्यक्रममा आउँदै गर्दा उनको संलग्नता रहेको जिकीर गर्दै नाराबाजीमात्रै गरेनन्, कालो झण्डा नै देखाए ।

यसअघि कालो झण्डा देखाउने व्यक्तिहरुलाई धरपकट गर्ने प्रहरीले मंगलबार भने उनीहरुलाई बल प्रयोग गरेन, कालो झण्डा खोसेन ।

प्रहरीको सुरक्षामा रवि कार्यक्रमस्थलमा छिरे । सबैलाई भेट्दै, प्रश्न सुन्दै सभा गर्न पुग्ने रवि कार्यक्रम हलमा मात्रै होइन पार्टी प्लालेसकै मुल गेट नै लगाएर सम्वोधन गर्ने स्थितिमा पुगेका हुन् ।