कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको मंगलबारबाट सुरु गरेको आमरण अनशन जारी छ। विराटनगरको देवकोटा चोकमा दोस्रो दिन बुधबार पनि अनशन जारी रहेको हो।
कार्कीले केही समर्थको साथमा अनशनलाई निरन्तरता दिएका छन्। प्रदेशसभा सचिवालयको गेटअगाडि उत्तरतर्फ बनसखण्डी महादेव मन्दिरनजिक निषेधित क्षेत्रभित्र आमरण अनशन सुरु गरेका उनलाई मंगलबार राति प्रहरीले हटाएको थियो।
प्रहरीले नियन्त्रणमा लिएर गाडीमा राख्दै उनलाई बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीस्थित घरमा लगेर छाडेको थियो। पछि फर्किएर आएका उनले निषेधित क्षेत्रभन्दा बाहिर अनशन सुरु गरेका थिए। निषेधित क्षेत्रको अनशन हटाउने क्रममा कार्कीका समर्थक र सुरक्षाकर्मीबीच झडपसमेत भयो। त्यस क्रममा नियन्त्रणमा लिइएका १५ जना समर्थकलाई प्रहरीले राति नै छाडिदिएको छ।




















