देशभर ८० जनामा हैजा सङ्क्रमण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार ७ जिल्लाका ८० जनामा हैजा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा ईडीसीडी ले जनाएको छ । 

ईडीसीडीका अनुसार अनुसार हैजा पुष्टि भएका ८० जनामध्ये १ जना अस्पताल भर्ना छन् भने ७९ जना निको भइसकेका छन् । यो तथ्याङ्क असार पहिलो सातायताको हो । ईडीसीडीका अनुसार ललितपुरका ५४ जना र काठमाडौँका १२ मा हैजा सङ्क्रमण भएको हो । यस्तै, कैलालीका ८ जना, प्युठानका २ जना, रोल्पाका ४ जना तथा सिन्धुपाल्चोक र मकवानपुरका एक–एक जनालाई हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।