गायिका विष्णु माझीले दशैंको गीत पनि ल्याउने भएकी छन् । तीजमा गीत सार्वजनिक गरेको महिना दिनपछि उनको नयाँ गीत सार्वजनिक हुने तयारीमा छ ।गीतमा विष्णुका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द र संगीत छ ।

विष्णु माझीको पछिल्लो तीज गीत ‘आइन आमा यो तीजमा’लाई अहिलेसम्म युट्युबमा १ करोड ६५ लाख पटक हेरिएको छ ।