विगत एक महिनामा कच्चा तेलको मूल्य औसत १२ प्रतिशत घटेको छ । यहीं कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ‘बियरिस’ ट्रेन्डमा देखिएको अनुमान गर्न थालिएको छ । मागमा देखिएको गिरावटले तेलको भाउमा असर परेको ब्लुमबर्गको एक रिपोर्टले जनाएको छ ।
एक महिनामा डब्लूटीआई कच्चा तेलको भाउ प्रतिब्यारेल ८० अमेरिकी डलरबाट ६८ मा झरेको छ । त्यस्तै ब्रेन्ट कच्चा तेलको भाउ ८२ डलरबाट ७१ मा झरेको छ । मुर्बान आयल ८०.५ डलरबाट ७२ डलरमा झरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य गिरावटले नेपालमा पनि असर पार्दछ । कच्चा तेलको मूल्य घट्दा भारतीय आयल कर्पोरेसनले नेपाललाई दिने तेलको मूल्य पनि घट्न जान्छ । परिवर्तन भएको मूल्यअनुसार नेपाल आयल निगमले १५–१५ दिनमा नयाँ मूल्य तय गर्दै आएको छ ।




















