इजरायलले सिरियाको मध्य क्षेत्रमा धेरै सैन्य प्रतिष्ठानमा हवाई आक्रमण गरेको छ । इजरायली हवाई आक्रमणमा चारको मृत्यु र १५ जना घाइते भएका सिरियाली रक्षा मन्त्रालय र चिकित्सा अधिकारीले जनाएका छन् ।

उत्तरी लेबनानको दिशाबाट आक्रमण गरिएको थियो । हामाको मध्य प्रान्तस्थित प्रमुख सैन्यस्थलहरूमा प्रहार गरिएको थियो । सिन्ह्वारन्युज एजेन्सी