रेस्टुरेन्ट, बार, होटल, लजमा नगदको सट्टा विद्युतीय माध्यमबाट शुल्क तिर्दा उपभोक्ताले भुक्तानी गरेको मूल्य अभिवृद्धि कर भ्याट को दश प्रतिशत रकम फिर्ता हुने भएको छ । आन्तरिक राजस्व विभागले आइतबार सूचना जारी गर्दै उपभोक्ताले तिरेको भ्याटको दश प्रतिशत फिर्ता हुने जनाएको छ ।

विभागले भ्याटको १० प्रतिशत फिर्ता हुने सेवाहरूको सूची सार्वजनिक गरेको छ । त्यसमा मदिरा पिउने केन्द्र ९बार०, चमेनागृह ९रेस्टुरेन्ट०, सबै प्रकारका होटल, मोटल, लज, गेस्टहाउस व्यवसायहरूबाट प्रदान गरिने सेवा समावेश छन् । यिनमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने निर्णय भएको विभागले जनाएको छ ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को व्यवस्था अनुरुप विभागले भ्याटको दश प्रतिशत फिर्तासम्बन्धी निर्णय गरेको हो । यसका लागि केही सर्त पनि तोकिएका छन् । मूल्य अभिवृद्धि करमा दर्ता भई विभागबाट विद्युतीय बीजक जारी गर्ने  ।