नेपाली बजारमा आज सोमबार सुन–चाँदीको मूल्य बढेको छ। आइतबार प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। 

आइतबार प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ ।