काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज  केही मिनेटमै फेरि आकस्मिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बिहान ७ बजेको उक्त फ्लाइट भूइँ छाडेको ८ मिनेटमै फेरि विमानस्थलमै फर्काइएको हो ।

चक्काको स्टेयरिङ लक भएपछि जहाज विमानस्थलमै फर्काइएको त्रिभुवन अन्तररष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।