प्रधानमन्त्री केपी शर्मा ओली भर्ना भएका बालबालिकालाई विद्यालयबाट ड्रपआउट हुन नदिन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन्। आज अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा दिवा खाजा,छात्रवृत्तिलगायतका अन्य प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको बताएका हुन्।
कार्यक्रमलाई अझै सुधार गर्दै लैजाने सरकारको योजना रहेको उनको प्रतिबद्धता छ। ‘गरिबीका कारणले तराई र दुर्गमका कतिपय ठाउँहरुमा साक्षरता र भर्ना अभियानले सार्थकता पाउन नसकेको अवस्थालाई दृष्टिगत गरी मेरो नेतृत्वको अघिल्लो सरकारले राष्ट्रव्यापी रुपमा विद्यार्थी भर्ना अभियान कार्यक्रमको सुरुवात गरेको थियो। विद्यालय उमेरका सबै बालबालिकालाई अनिवार्य रुपमा विद्यालयमा भर्ना गर्ने नीतिले पनि साक्षरताको अभियानलाई सहयोग पुर्याएको छ।’ शुभकामना सन्देशमा भनिएको छ,‘भर्ना भएका बालबालिकालाई विद्यालयबाट ड्रपआउट हुन नदिन सरकारले दिवा खाजा, छात्रवृत्ति लगायतका अन्य प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ। यसलाई अझै सुधार गर्दै लैजाने सरकारको योजना छ।




















