चिनियाँ अधिकारीहरूले एकजना वृद्ध व्यक्तिको मृत्युको घटनाबारे अनुसन्धान गरिरहेका छन्र । ती व्यक्तिले केही दिनअघि आफ्ना २३ वटा दाँत निकालेर र एकै दिनमा १२ वटा दाँत प्रत्यारोपण गरेका थिए र केही दिनमै उनको मृत्यु भएको थियो ।

झेजियाङ प्रान्तको योंगकाङ सहर निवासी सु नामकी महिलाले आफ्ना पिताको मृत्युपछि एक स्थानीय दन्त चिकित्सालयविरुद्ध नगर स्वास्थ्य व्युरोमा उजुरी दर्ता गरेकी छिन्।

महिलाले प्रमाणहरू पेस गर्दै भनिन् कि उनका पिताले एकै दिनमा २३ वटा दाँत निकालेका थिए र १२ वटा नयाँ दाँतको इम्प्लान्ट गराएका थिए । दात उखेल्ने र कृत्रिम दाँत प्रत्यारोपण गर्ने त्यो उपचारकै कारण त्यसको १३ दिनपछि उनको असामयिक मृत्यु भयो ।