सुनसरीको रामधुनी नगरपालीका स्थीत झुम्कामा रहेको मिनि पार्कमा वृक्षारोपण गरी विपी सप्ताह सुरु भएको छ । नेपाली काँग्रेस सुनसरी २ (क) ले विपी कोईरालाको १ सय ११ औं जन्म जयन्तीको अवसर पारेर सप्ताह कार्यक्रम अन्तरगतको पहिलो कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काँग्रेसका केन्दीय सदस्य राजिव ढुंगानाले मिनि पार्कमा पहिलो बिरुवा रोपी सप्ताह कार्यक्रमको सुरुवात भएको बताएका छन् । ढुंगानाले जननायक विश्वेश्वरप्रसाद कोइराला जसले आफ्नो जिवननै प्रजातन्त्रको लागी लड्नु रह्यो । उनले विपी कोइरालाको जीवन हरेक व्यक्तिले अनुशरण गर्नु पर्ने बताए । ‘ढुंगानाले रूख रोप्ने मात्रै होइन, यसको संरक्षण पनि गर्नुपर्नेमा जोड दिएका छन् ।

सभापति सुबेक्छु देवान राईले आफ्नो कार्यकालको दोश्रो विपी सप्ताह’ मनाइएको बताएका छन् । उनले सप्ताह कार्यक्रम अन्तर्गत पहिलो वृक्षारोपण र सरसफाई गरी सुरुवात गरेको जानकारी दिएका छन् । देशको पहिलो जनता बाट निर्वाचित प्रधानमन्त्री भएका विपी जसलाई देशले नै अनुसरण, अध्ययन गरी अघिबढ्नु पर्नेमा सभापती देवानले जोड दिएका थिए ।
सप्ताह अन्तरगतको अर्कोेृ कार्यक्रम आगामी शनिबार २२ गते काँग्रेस रन हुने जानकारी दिएका छन् ।





















